Thursday, August 10, 2017

पौडेरै पुग्छन् दिनहुँ कार्यालय


श्रावण २०, २०७४- ट्राफिक जामबाट आजित नहुने सायदै कोही होलान्? दिनहुँजसो सडकमा हुने जामले सर्वसाधारणको घण्टौं समय त्यत्तिकै खेर जाने गरेको छ। अझ उकुसमुकुस हुने गर्मी र माइक्रोमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता त छँदै छ। त्यसैमा पनि सडकमा हिँडिरहेको मानिस देख्यो कि सहचालकले सिट नभए पनि सवारी साधन रोकेर यात्रु चढाउने गरेको दृश्य पनि हामीले सधैं देख्दै आएका छौं, अझ हामीमध्ये धेरैले भोगेका पनि हौंला। ट्राफिक जामको मार नेपालीले मात्रै भोग्ने गरेको ठान्नुभएको छ भने त्यो गलत हुन सक्छ। अन्य मुलुकमा पनि ट्राफिकको व्यवस्था उस्तै छ। यहाँ भने जर्मनीको म्युनिक सहरको ट्राफिक जामको कुरा गर्न लागिएको हो। 

Source: http://kantipur.ekantipur.com/news/2017-08-04/20170804085929.html